तीन दिनसम्म बन्धक बनाइ फिरौती माग्ने नेपाली पक्राउ परे


“
नेपालगन्ज,साउन २ । तीन दिनसम्म बन्धक बनाइ फिरौति माग्ने एक व्यक्तिलाई प्रहरीले प्रक्राउ गरेको छ ।
स्थायी घर जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ भई हाल कोहलपुर बस्ने २२ वर्षीय विनोद नेपालीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शनिवार प्रक्राउ गरेको हो ।
राप्ती सोनारी गाउँपालिकाकी एक १९ वर्षिया युवतीलाई आफ्नै डेरा कोहलपुर नगरपालिका वडा नम्बर ११ सैनिकटोलमा ३ दिन देखि बन्धक बनाइ जबरजस्ती करणी गरेर फिरौती माग्ने नेपालीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले प्रक्राउ गरेको प्रहरी निरिक्षक भीम बहादुर कार्कीले जानकारी दिए ।
यही असार २९ गते छोरी हराएको भन्दै युवतीका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । प्रक्राउ परेका नेपालीलाई अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाईएको छ। युवतीले प्रहरी सामु दिएको बयान अनुसार फेसबुकमा साथी भएका नेपालीलार्इ भेट्न भनेर आफू कोहलपुर आएको बताएकी छिन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“
