दूग्ध संस्थानले वार्षिक उत्सव भव्यताका साथ मनायो

नेपालगन्ज, साउन २ । दूग्ध विकास संस्थान नेपालगञ्ज दुग्ध वितरण आयोजनको ४९ औ वार्षिक उत्सव आज कोहलपुरमा एक समारोहको आयोजना गरी भव्यताका साथ मनाइएको छ ।

वार्षिक समारोहका प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले मध्य तथा शुदुपश्चिमको एक मात्र दुग्ध संस्थान आयोजनाले यस क्षेत्रलाई दूधमा आत्मनिर्भर बनाउन ढूलो भूमिका खेलेको बताए । रावतले यस क्षेत्रमा अहिले पनि भारतबाट ३० हजार लिटर दूध आइरहेकाले यसको क्षमता विकास गनुपर्ने धारण राखे ।

संस्थानका प्रमुख गोपाल प्रसाद दाहालले प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४ मा ३ करोड ३१ लाख ६ हजार हुने अनुमान गरिएको छ । मा ३ करोड ६० लाखको आम्दानी भएको छ । गत साल ६ करोड २७ लाख ४८ हजार नाफा कमाएको थियो । यस वर्ष करिब २५ लाख लिटर कृषकबाट दूध संङ्कलन गरेको छ ।

त्यस्तै कार्यक्रममा विभिन्न जिल्लामा उत्कृष्ठ दुग्ध कृषकहरुलाइ सम्मान पनि गरिएको थियो । वार्षिक समारोहका कोहलपुरमा नवनिर्वाचिन जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो । त्यस्तै संस्थानले वार्षिक उत्सवका अअवसरमा रक्तदान तथा नगर सरसफाइ पनि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *