बाघ दिवस : कार्यक्रममा भाग लिन नछुटाउनुहोला !

नेपालगन्ज, साउन २ । अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा आगामी साउन १४ र १५ गते नेपालगंजमा फोटो प्रदर्शनी हुने भएको छ ।

अन्तरालको व्यवस्थापनमा हुन लागेको वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनीमा मुलुक भरका कुनै पनि स्थानमा खिचिएका फोटो समावेश हुनेछन् । व्यावसायिक फोटो पत्रकारका अलावा सर्वसाधारणले पनि आफ्नो फोटो प्रदर्शनीका लागि पठाउन सक्ने आयोजकले जनाएको छ ।

विश्वव्यापी रूपमा बाघको पा्रकृतिक बासस्थान जोगाउने र संरक्षण कार्यक्रमलाई टेवा पुर्याउने उद्देश्य लिएका बेला दिवसलाई सघाउन फोटो प्रदर्शनी आयोजना गर्न लागिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । शाहले भने, ‘वन्यजन्तु र प्रकृतिको मात्र होइन, प्रकृति र मानव जातिको पनि अन्योन्याश्रित सम्बन्ध छ भन्ने देखाउनु पनि प्रदर्शनीको उद्देश्य हो ।’ प्रदर्शनी अवलोकन दर्शकका लागि निःशुल्क हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *