मतदाता नामावली संकलन अघि बढ्यो,सर्वसाधरण झनै उत्साहित

नेपालगन्ज, साउन २ । हिजो आइतबार देखी १५ गतेसम्म जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन कार्य सुरु भएको छ ।

मतदाता नामावली सङ्कलन कार्य सुरु भए सँगै नेपालगन्जमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता परिचय पत्रको नाम दर्ता गराउनका लागी सर्वसाधारणको निकै ठुलो भिड लागेको छ । केही दिन अगाडी मात्रै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाग लिन नपाएका सर्बसाधारणहरुको निर्वाचन कार्यालयमा निकै भिड लागेको छ ।

अघिल्लो निर्वाचनमा मतदान गर्न नपाएको पछुतो र आगामी निर्वाचनमा भाग लिने उदेश्यका साथ फोटो सहितको मतदाता परिचयपत्रमा आफ्नो नाम दर्ता गराउन आएको सर्बसाधारणहरुको भनाई छ ।

मतदाता नामावली सङ्कलन कार्य सुरु भएसंगै सर्बसाधारणहरुमा निकै ठुलो उत्साहा पैदा भएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका सूचना अधिकारी कासीलाल अधिकारीले जानकारी दिए । हाललाई साउन १ गते देखी १५ गते सम्मका लागी फोटो सहितको मतदाता परिचयपत्रको नाम दर्ता गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।

नेपालगन्जस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सकिनेछ ।

आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र र स्थायी बसोबास भएको जिल्लाका निर्वाचन कार्यलयमा स्वयम् उपस्थित भएर नाम दर्ता गराउने व्यवस्था रहेको नपालगंज स्थित क्षेत्रीय निर्वाचन कार्यालयका निर्वाचन अधिकारी बसन्तराज अधिकारीले बताए ।

यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुन नाम दर्ता गराउनुपर्ने छैन । यस्तै सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले दुई वटा निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली सङ्कलनको समय सीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *