भरतपुर महानगरपालिका–मतगणना विवादसम्बन्धी सुनुवाइ आज

“
चितवन, साउन २ । चितवनको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज फेरि हुँदैछ । यसअघि असार २६ मा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ पेसी तोकिएको थियो तर हेर्न नभ्याउने भन्दै आजका लागि सारिएको थियो माओवादी कार्यकर्ताले मBच्च अदालतमा सुनुवाई पटक पटक सर्दै आएको छ ।
कागजातहरु दुई साताअघि नै अदालतमा पेश भइसकेका छन् । भतरपुर महानगरपालिकामा मतगणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो । तर, आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यन्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो ।
“








