एएफसी फुटबल: नेपालले उज्बेकिस्तानको सामना गर्दै

काठमाडौं, साउन २ । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपअन्तर्गत छनोट चरणको दोस्रो खेलमा आज नेपालले उज्बेकिस्तानको सामना गर्दैछ ।

समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५्(० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु हुनेछ ।

पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन ।

समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ ।

प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् । २३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको मुख्य प्रतियोगिता अर्को वर्ष चीनमा आयोजना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *