झन् झन् धुँवाले बजार ढाक्न थालेपछि स्थानीय चिन्तित बन्दै

नेपालगन्ज, साउन १ । नेपालगन्जका व्यस्त बजार मानिने ठाउँमै औद्योगिक क्षेत्रबाट निस्केको धुवाले बजार भरि नै दुर्गन्धित बनाएको छ ।

व्यस्त बजारका रुपमा मानिने विपी चोक नजिकै रहेको औद्योगिक क्षेत्रबाट निस्केको धुवाका कारण आम जनतालाई नै प्रत्यक्ष असर परिरहेको स्थानियको भनाई छ । उद्योगबाट निस्केको धुवाका कारण त्यस आसपासका वासिन्दालाई झनै असर गरिरहेको विज्ञहरु बताउँछन् । मानव स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने ठुुल्ठुला अस्पताल , मेडिकल समेत रहेको त्यस आसपासका वस्ति झन असर गरिरहेको स्थानिय सरोकारवालाहरु बताउँछन् ।

उद्योगका कारण वायु प्रदुषण बढि भएको भन्दै अधिवक्ता लोक बहादुर शाह र पवन कुमार गुप्ताले २०७४÷२÷१७ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मुद्दा दायर गरेका थिए । अहिले सम्म अदालतले ३ पटक सुनवाई गरिसकेको छ भने मुद्दाको फैसला हुन वाँकी रहेको अधिवक्ता शाहले बताए । नेपालगन्ज औद्योगिक क्षेत्रभित्रबाट निस्कने दुर्गन्धित धुवाले आम जनतामा असर भैरहेको अधिवक्ता लोक उनले बताए ।

औद्योगिक क्षेत्रबाट निस्कने धुवाका कारण आम नागरिकलाई असर भैरहेको र यसलाई सुधार गर्नका लागि आफुले उच्च अदालत तुलसीपुर इजलाशमा मुद्दा समेत दायर गरिएको उनी बताउँछन् । उद्योगबाट निस्कने ध्वनी प्रदुषण वायु प्रदुषणले अस्पतालका विरामी, बालवालिका र बृद्धलाई समेत ठुलो हानी पु¥याएको कारण यसलाई न्युनिकरण होस भन्नका लागि मुद्दा दायर गरिएको शाहले जानकारी गराए ।

औद्योगिक क्षेत्रबाट निस्कने धुवाले स्थानिय नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको उनको दाबी छ । नेपालगन्ज नगरभित्रबाट विभिन्न किसिमका फोहर जन्य पदार्थ र वायु प्रदुषण हुनबाट जोगाउन रुख विरुवा लगायत आधुनिकीकरण तरिकाले प्रदुषण कम गर्न मन्त्रालयले विभिन्न खाले योजना लागु गरिने नेपालगन्ज उपमहानगरपालिका कार्यालयका वातावरण इन्जिनियर प्रकाश डिसीले बताए । अरु शहरको तुलना भन्दा नेपालगन्ज शहरबाट निस्कने वायु प्रदुषण कमै रहेको इन्जिनियर डिसीले बताउछन् ।

यस्तै नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनका अनुसार औद्योगिक क्षेत्रबाट निस्कने वायु प्रदुषणलाई हामीहरु पनि चासोका साथ हेरिरहेको बताए । नेपालगन्ज औद्योगिक क्षेत्रबाट नियमित ५ वटा उद्योगबाट निस्कने गरेको प्रमुख पुनले बताए । औद्योगिक क्षेत्र आसपासका वासिन्दालाई यहाँबाट निस्कने धुवाले प्रत्यक्ष असर गरिरहेको बारे जनगुनासो आउदा औद्योगिक क्षेत्रले पनि यसलाई मध्यनजर गरि प्रथामिकतामा राखेर कसरी न्युनिकरण गर्ने बारे चासो देखाएको उनले बताए ।

औद्योगिक क्षेत्र नजिकै रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताललाई प्रत्यक्ष असर पर्ने गरि निस्कने धुवालाई तत्काल रोक्न आवश्यक रहेको स्थानियको भनाई छ । नजिकै रहेको अस्पतालमा आउने विरामीलाई औद्योगिक क्षेत्रबाट निस्केको धुवाले झन विरामी बनाउने गरेको स्थानियको भनाई छ । हाल नेपालगन्ज औद्योगिक क्षेत्र भित्र ३६ वटा उद्योग मध्ये ३१ वटा उद्योग संचालनमा रहेका छन् । जसमध्ये ३ वटा बन्द अवस्थामा रहेका छन भने २ वटा बन्दै गरेको अवस्थामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *