असल् नेता त छान्न नसकेको साठि वर्ष भो ! अब कलाकार त के छान्न सकियो र

काठमाडौं, असार ३१ । बिहीबार राति ८ः४५ बजेदेखि एपी वान टेलिभिजनमार्फत प्रसारण हुने नेपाल आइडलको टप टेन छनौटमा पर्न गलाकी धनी मेनुका असफल भइन् ।
उद्घोषकले  गलाकी धनी मेनुका पौडेलको हिजोबाट नेपाल आइडलको यात्रा टुङिगको बताएपनि तर उनलाई चारैतिरबाट उनको प्रतिभाको कदर गर्दै दर्शकहरुले आफूहरुले उनको प्रतिभालाई चिनिसकेको बताउँदै नं १ मा आउनुमात्रै ठूलो कुरा होइन । उनीहरुले सुझावसमेत दिएका छन् हरेश नखाउ मेनुका ।
2 hrs · गायन प्रतियोगितामा कोईलीको उपमा पाउनुले नै तिम्रो प्रतिभा चिनाइसकेको छ Menuka Poudel । नं. १ स्थानमा आउनु मात्र सफलता होइन. । तिम्रो साहस, आत्मबल र प्रेरणाले कैयौं मेनुकाहरु अगाडी बढ्नेछन् । तिम्रा पाइलाहरु सधै अगाडी लम्किरहुन् । शुभकामना !
कलामा कुनै जीत हार हुदैन । यो त जीत हार भन्दा माथिको विषय हो। हिजो नारायण गोपाल भक्तराज आचार्य प्रेम धोज् प्रधान अरुणा लामा तारा देवि कुन्ति मोक्तान देविका बन्दना देखि राम् कृष्ण ढकाल यम बराल हुदै आज शिब परियार सत्य स्वरुप राज् आचार्य राज सिग्देल् अन्जु पन्त मेलिना राइ हरु जस्ता जबरजस्त कलाकार यस्ता हल्लाखोर कम्पिटिसन बाट आएका हैनन् । एउटा दुख लाग्दो इतिहास के छ भने देखि रियालिटि शो बाट आएका कलाकार हरु भन्दा आफ्नै तरिकाले साधना गरेर आएका कलाकार हरु बढि टिकेका छन्, चलेका छन् अनि जनजनको मन् जितेका छन् । त्यसैले मेनुका पौडेल जस्ति कलाकारले यो कुरा लाइ यसरि नि बुझ्नु हुन्छ।

कम्तिमा यो रियालिटि शो ले तपाँइलाइ जनताको माझ् मा पुर्यायो ठुलो कुरो एत्ति हो । अब महासागरमा पौडिनु तपाँइले नि पर्छ संगितको । र पौडिएर निस्किदा तपाँइ विशिष्ट कलाकार बनेर निस्किनु हुनेछ , हामीलाइ विश्वास् छ। अन्य आइडलका कलाकारहरुलाइ गुड् लक। तर जितेर निस्किदा खेरि के नबिर्सिनुस् भन्दा खेरि तपाइँले एउटा टि भि को प्रतियोगिता मात्रै जित्नु भएको हो, तपाइँ संगीतमा हस्ति भएसकेको चै हैन । फेरि तपाइँले त्यो चमकधमक स्टेज् बाट धुलोमा झर्दा तपाँइलाइ गाह्रो नहोस् किनकि तपाइँ हामी सब कलाकारले काम यहि धूलो मा गर्नुछ ।

भन्नु को मतलव नेपाल आइडलमा हुनु भएका साथि नराम्रो हुनुहुन्छ भन्ने हैन राम्रो हुनुन्छ तर कुरो के हो भने यो भोटिङ् ले निर्धारण गर्ने कुरो भयो। अब कलाकार हरु छान्ने भोट ले हो त रु मेरो प्रश्न यो हो । ए पि वन टि भि लाइ त स्थापित हुनु छ त्यसैले यो प्रोग्राम ल्यायो । भोलि यो आइडल सक्किएपछि चै यो एउटा प्रश्न अनुत्तरित नै हुने भो , कि भोटिङ् ले कलाकार छान्छ रु के यो चुनाव हो रु त्यसैले मेरो अनुरोध कि आउट हुनु भयो भने पनि संसार सिद्धिदैन र जित्नु नै भो भने पनि संसार जित्या हैन भन्ने बुझिदिनु होला ।

अब रह्यो कुरो भोटिङ् को, भोट गरेर एउटा असल् नेता त छान्न नसकेको करिब् साठि वर्ष भो अब कलाकार त के छान्न सकियो र ।

मेरो नेपाल आइडल तिमी हौ मेनुका। हाम्रो माया सधैं तिमीमै छ। यो स्वरको जादु, यो मिठास धेरै छर्नुछ तिमिले।हिम्मत कदापि नहार्नु ,

????मन नदुखाउ हैMenuka

See More

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *