बस र ट्रक ठोक्किदा चालकसहित ३१ घाइते

मलेखु (धादिङ), असार ३१ । पृथ्वी राजमार्ग अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको खटौटीमा आज यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।

महोत्तरीबाट काठमाडाँै आउँदै गरेको ना ५ ख ५०२ नम्बरको यात्रु बस र विपरितबाट जाँदै गरेको ना ६ ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका– ९ खटौटी पुल नजिक ठोक्किँएर दुर्घटना भएको हो । दुर्घटनामा बस र ट्रक दुबै सवारीका चालकसहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग तीन घण्टापछि एकतर्फी खुलेको छ । लोड ट्रक भएका कारण साइड लगाउन नसकिएकोले राजमार्ग खुलाउन समस्या भएको थियो । दुबै सवारीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *