पूर्व स्टार स्ट्राइकर इब्राहिमोभिकलाई आयो नयाँ अवसर

काठमाडौ), असार ३१ । युरोप भन्दा बाहिर खेल्ने निर्णय गरेको खण्डमा स्विडेनका पूर्व स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिकलाई अमेरिकाको दुईवटा मेजर लिग क्लब आफ्नो क्लबमा भित्र्याउन आतुर देखिएको छ।

हाल कुनै क्लबमा आवद्ध नरहेका इब्राहिमोभिक घुँडाको चोटबाट मुक्त हुन म्यानचेस्टर युनाइटेडको अभ्यास मैदानमा देखिने गरेका छन्। उनी गत सिजन म्यानचेस्टरमा आवद्ध थिए। यहीबाट खेल्ने क्रममा उनले घुँडामा चोट बोकेका थिए। म्यानचेस्टरले ३५ वर्षीय स्ट्राइकर पूर्णरुपमा स्वस्थ्य भएको खण्डमा छोटो समयका लागि पुनः अनुबन्धित गर्ने चासो देखाएको छ।

यही अवस्थामा अमेरिकाको एलए ग्यालेक्सी र लस एञ्जल्स एफसी उनलाई अनुबन्धित गर्न लोभिएका छन्। इब्राहिमोभिकले केही समयअगाडि भविष्यको विषयमा आफूले ठूलो निर्णय गर्ने बताएका थिए।

उनका एजेन्ट मिनो राइलोले गत मार्चमा ग्यालेक्सीले अमेरिकी फुटबल इतिहासमै सबैभन्दा महंगो खेलाडीको रुपमा इब्राहिमोभिकलाई भित्र्याउने प्रस्तावलाई अस्विकार गर्दै उनी युरोपमै बस्ने बताएका थिए।इब्राहिमोभिकले म्यानचेस्टरको डेब्यु वर्षमै २८ गोल गरेका थिए। उनी गत अप्रिलमा एन्डरलेच्टविरुद्ध खेल्दा घुँडामा चोट बोक्न बाध्य भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *