हामीले घरमै वृद्धभत्ता पाउँने व्यवस्था होस्

बर्दिया,असार ३१ । वृद्धभत्ता थाप्न बर्दिया सदरमुकाम गुलरिया आएका ज्येष्ठ नागरिकले वृद्धभत्ता गाउँघरमै पाउने व्यवस्था मिलाउन स्थानीय सरकारसँग माग गरेका छन् ।

वृद्धभत्ता बुझ्न आउँदा–जाँदा र भत्ता बुझ्न लाइनमा बस्दा आफूहरूलाई निकै सास्ती बेहोर्नुपरेको उनीहरूले बताएका छन् । स्थानीय निकायको निर्वाचनमा स्थानीय जनप्रतिनिधिले वृद्धभत्ता घरघरमा पु¥याउने आश्वासन दिएपनि त्यसो हुन नसकेको उनीहरूले गुनासो व्यक्त गरेका छन् ।

सरकारले स्थानीय निकायलाई विकेन्द्रित गराउँदा पनि वृद्धभत्ता लिन गुलरियामा आई बैंकमा लाइनमा बस्नु सास्ती भएको उनीहरूले बताए । ६ नगरपालिका र दुई गाउँपालिका रहेको बर्दियामा बाह्रबर्दिया नगरपालिकामा घरघरमा वृद्धभत्ता वितरण हुन थालेपनि गुलरियामा भने त्यस्तो हुन सकेको छैन ।भत्ता लिन बैंकको पटाहामा दिनभर कुर्नुपर्ने अवस्था छ ।

वृद्धभत्ता लिन लाइन बसेका वृद्ध कोही कान नसुन्ने तथा हिँड्डुल गर्न नसक्ने समस्या भएको अवस्थामा स्थानीय सरकारले अब घरघरमा भत्ता वितरण गर्नुपर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छन् । स्थानीय निकायको निर्वाचन सकिएर जनप्रतिनिधिले कार्यभार सम्हालिसकेको अवस्थामा वृद्धहरूले पनि गाउँघरमै भत्ता उपलब्ध गराउन आग्रह गरेका छन् । मङ्गलबारदेखि बैंकमा यस्तै सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको भीड लागेको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *