होटल व्यवसायलाई गुणस्तरिय बनाऔँ : मेयर राणा

नेपालगन्ज,असार ३१ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले नेपालगन्जको पर्यटन विकासमा लाग्न होटल व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

भारतयीय पर्यटकहरु नेपालगन्जको बाटो हुँदै धार्मिक तिर्थ स्थल मानसरोवर जाने भएकाले यहाँका होटल व्यवसायलाई गुणस्तरिय बनाउन सके पर्यटकहरुलाइ आकर्षण गर्न सकिने उनले बताए । नेपालगन्जको विकास मुख्य तथा ४ ओटा क्षेत्रका कारण भैरहेको भन्दै मेयर राणाले स्वास्थ्य ,शिक्षा,उद्योग र पर्यटनको क्षेत्र रहेको बताए ।

होटल व्यवसायी संघ बाँकले आज नेपालगन्जमा स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा विजयी मेयर र उपमेयरलाइ सम्मान तथा बधाई कार्यक्रममा मेयर राणाले बताएका हुन् । उनले होटल व्यवसायीहरुका समस्याहरुलाई समाधानका लागि आफू प्रतिबद्ध रहेको बताबउ । होटल व्यवसायीहरुले अनैतिक कार्य गर्न गराउन नहुने भन्दै उनले जानी जानी अनैनिक कार्य गर्ने उपर कानुन अनुसार कारबाहि गर्न बाध्य हुने बताएका थिए ।

सम्मान ग्रहण पश्चात उपमेयर उमा थापामगरले नेपालगन्जलाइ सफा,स्वच्छ र सम्वृद्ध बनाउनका लागि फोहोर व्यवस्थापन गर्न होटल व्यवसायीलाइ आग्रह गरे । होटलबाट निस्कने फोहोरको व्यवस्थापन गर्न सके सफा स्वच्छ सहरको परिकल्पना साकार हुने उल्लेख गरे ।

होटल व्यवसायी संघका अध्यक्ष निम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जनार्धन शर्मा, मेयर उपमेयर लगायत बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *