प्रवेश परीक्षा गलत भएको भन्दै उच्च अदालतद्वारा स्टे अर्डर जारी

खगेन्द्र अधिकारी,काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गर्न लागेको MD/MS प्रवेश परीक्षा गलत भएको भन्दै उच्च अदालतले स्टे अर्डर जारी गरेको छ । प्रतिष्ठानले यसै शैक्षिक सत्रमा विदेशी विद्यार्थीका लागि सञ्चालन गरेको MD/MS को प्रवेश परीक्षामा सिट सङ्ख्याभन्दा कम विद्यार्थी पास भएपछि पुनः प्रवेश परीक्षा लिने तयारी गरेको थियो ।

सो विषयमा मकालु खबर डट कमले रिपोर्ट सार्वजनिक गरेको थियो । करोडौं रुपैंया चलखेल हुनेगरि गरिएको सो प्रवेश परीक्षाको समाचार प्रकाशित भएपछि प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारलाई चर्को दबाब आएको थियो । उनले केही शक्ति केन्द्रलाई समेत मिडिया व्यवस्थापन गरिदिन आग्रह समेत गरेका थिए ।
प्रतिष्ठानको उक्त निर्णय prospectus अनुसार नभएको भन्दै वेटिङ लिष्टमा परेका विद्यार्थीले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेपछि अदालतले स्टे अर्डर दिएको हो । तीन दिन अघि उच्च अदालत विराटनगरका न्यायाधिश शिवराज अधिकारीले प्रतिष्ठानको निर्णय कार्याविधि अन्र्तगत नभएको, prospectus मा नभएको तथा सिनेटबाट समेत पारित नभएको भन्दै पुनः प्रवेश परीक्षा गर्न रोक लगाएको हो । प्रतिष्ठानको MD/MS को प्रवेश परीक्षामा सहभागी भएर वेटिङ लिष्टमा परेका पाँच विद्यार्थीले प्रतिष्ठानको गलत निर्णय विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । मुद्दा दर्ता गर्ने मध्येका एक विद्यार्थीले प्रतिष्ठानको नियम विपरीत पुनः प्रवेश परीक्षा सञ्चालन गर्दा आफुहरुलाई मर्का पर्ने भन्दै उजुरी गरेको बताए । ‘हामीले बुझे अनुसार प्रतिष्ठानको कुनै पनि प्रवेश परीक्षा दोहोरिएको छैन । यसमा प्रतिष्ठानका पदाधिकारीको प्रत्यक्ष मिलेमतो छ । वेटिङ लिष्टमा रहेका हामीलाई अन्याय भयो भनेर अदालत गएका हौँ ।’ उजुरी कर्ता मध्येका एक विद्यार्थीले मकालु खबरसँग भने ।
विदेशी विद्यार्थी नभएको अवस्थामा विदेशी विद्यार्थीका लागि छुट्याईएको सिट स्वतः नेपाली विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने ब्यवस्थाभएपनि प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विक्रम प्रसाद श्रेष्ठ, सहायक डीन डा. मधुर बस्नेत, उपकूलपति डा. राजकुमार रौनियार, अस्पताल निर्देशक डा. गौरीशंकर शाहको निर्णयबाट पुनः प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको थियो ।
प्रतिष्ठानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रवेश परीक्षा दोहोर्याएर लिइएको छैन । गत वर्षपनि विदेशी विद्यार्थीका लागि छुट्याइएको MD/MS को सिटमा ६ ओटा सिट खाली भए पनि प्रतिष्ठानले पुनः प्रवेश परीक्षा सञ्चालन गर्न सकेन । ‘गत वर्ष पनि ६ ओटा सिट खाली भए पनि हामीले पुनः प्रवेश परीक्षा सञ्चालन गर्न सकेनौं । prospectus अनुसार नहुने तथा सिनेटबाटै पारित गराउनुपर्ने भएकोले हामीले गर्न सकेनौं ।’ प्रतिष्ठानका पूर्व उपकूलपति डा. वीपी दासले भने ।
विदेशी विद्यार्थीको निमित्त २२ वटा सिटमा विज्ञापन गरेर प्रवेश परीक्षा लिँदा ८ जना मात्र पास भएका थिए । कम विद्यार्थी पास भएपछि प्रतिष्ठानलाई २१ करोड घाटा भएको छ । प्रतिष्ठानका उपकुलपति डा. रौनियारले पहिलो प्रवेश परीक्षामा सामेल हुनेहरुको तिन पुस्ते विवरण र ठेगाना लिने, र पुनः परीक्षामा पास गरिदिन्छु भन्दै तिनै विद्यार्थीबाट प्रति विद्यार्थी ५० लाख भारतीय रुपैयाँ उठाउने नियत राखी सोही अनुसार सेटिङ मिलाएका थिए ।
स्वास्थ्य मन्त्रालयका एक सहसचिवले प्रतिष्ठानले नियम विपरीत पुनः प्रवेश परीक्षा लिएको पाईए कारबाही गर्ने बताए । उनले भने, ‘नियम अनुसार कार्य भएको नभएको हेर्ने चिकित्सा सेवा महाशाखा छ, त्यसले अनुसन्धान गर्छ, अदालतमै गएको विषयलाई हामी अनुसन्धान गर्छौँ ।’ उनले नाम नबताउने सर्तमा भने ।
मिडिएटरमा अधिकारी र शाह
प्रतिष्ठानका उपकूलपति मा डा. राजकुमार रौनियारले काम गर्न नसक्दा गगन थापालाई अफ्टेरो भएको छ । स्वास्थ्य मन्त्री हुँदा करोडौं रकम खाएर उपकूलपति बनाएका रौनियारले सुरुमै विवादित बन्दै निर्णय गर्न थालेपछि गगन थापालाई समस्या भएको हो । यति बेला डा. रौनियार १४ करोड बढी विभिन्न शक्ति केन्द्रमा बुझाएको भन्दै व्यापारी, ठेकेदारलाई १५ देखि २० प्रतिशत कमिसन माग्न थालेपछि सो कुरा गगन थापासमक्ष समेत पुगेको छ ।
डा. रौनियारले मन्त्रालय, मिडिया, पेशेवर गुण्डाहरु, मेडिकल माफियाहरु, राजनीतिक व्यवस्थापन तथा ठेकेदार मिलाउनका लागि टिम नै परिचालन गरेका छन् । उनले गगन थापा मन्त्री हुँदा उनका सल्लाहकारका रूपमा रहेका इ.सुवास अधिकारी, केटिएम सेक्युरिटी प्रा.लिई.का सञ्चालक रामेश्वर शाहलाई जिम्मा दिएका छन् । उनीहरू हिजोदेखि प्रतिष्ठानमा गोप्य बैठकका लागि पुगेको स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *