अवैध सुनसहित भारतिय नागरिक पक्राउ

हेटौंडा, असार ३० । एक भारतीय युवकलाई आज हेटौंडामा प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ । ७० लाख ५९ हजार मूल्य बराबरको एक केजी ५ सय १६ ग्राम अवैध सुनसहित प्रहरीले भारत पूर्वी चम्पारणका ३५ वर्षीय सुमनकुमारलाई पक्राउ गरेको हो ।

काठमाडौबाट बीरगन्जतर्फ गइरहेको ना १ ज ४०२९ नम्बरको टाटासुमोलाई हेटौंडा उप–महानगरपालिका—१५ रातोमाटेस्थित चेकपोष्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा भारतीय नागरिक सुमनको झोला खानतलासी गर्दा भन्सार छली ल्याएको अवैध सुन फेला परेको प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

विशेष सुराकीको आधारमा अवैध सुनसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक र बरामद गरिएको सुन थप अनुसन्धानका आन्तरिक राजस्व कार्यालय पथलैयामा बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *