नेता जोशीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

काठमाडौं, असार ३० । नेपाली कांग्रेसले नेता रामहरि जोशीको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शोकमा एक दिन कार्यालय बन्द गर्ने पनि कांग्रेसले जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कांग्रेसको आकस्मिक बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

साथै साउन १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय पनि भएको कांग्रेसले जनाएको छ । वि. सं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गरेका जोशीको हिजो साँझ निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =