केन्द्रीय सदस्य मनोनयनको विषयले राप्रपामा विवाद्

काठमाडौं, असार ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र केन्द्रीय सदस्य मनोनयनको विषयले विवाद् उत्पन्न भएको छ । पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समितिमा ४२ जना केन्द्रीय सदस्य मनोनीत गरेपछि वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले पार्टीका धेरै नेताहरुलाई सुँईकोसम्म नदिएर अप्रत्यासित रुपमा केन्द्रीय समिति विस्तार गरिएको आरोप लगाउनुभयो । उहाँले आदीबासी जनजाती, महिला, दलित र पिछडिएको क्षेत्र समुदाय, दुर्गम क्षेत्र लगायतको समानुपातिक र समावेशी प्रतिनिधित्वको समेत ख्याल नगरिएको भन्दै असुन्तुष्टी व्यक्त गर्नुभयो ।

अध्यक्षको एकात्मक र मनोगत निर्णयले पार्टीमा विग्रहको स्थिति ल्याउन सक्ने राणाको भनाई छ । केन्द्रीय समिति बैठक साउन ४ गते बोलाइएको अवस्थामा त्यसअघि नै आफूहरुलाई थाहै नदिइ केन्द्रीय समिति विस्तार गरिएको घटनाले राप्रपालाई अध्यक्षको एकल बिर्तामा रुपान्तरण गरिएको सन्देश गएको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *