भोलि सार्वजनिक विदाका कारण प्रधानन्यायाधीशमा पराजुलीको सुनुवाइ हुन सकेन

काठमाडौ,असार ३० । भोली सार्वजनिक विदा भएका कारण संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस गोपालप्रसाद पराजुलीको सुनुवाई आइतबारका लागि थाति राखेको छ । समितिको शुक्रबार बसेको बैठकले पराजुलीको सुनुवाई आइतबार गर्ने निर्णय गरेको थियो ।

समितिले उजुरीका लागि दिएको १० दिनको म्याद शुक्रबार सकिएको थियो । भोलि सार्वजनिक विदा भएका कारण आइतबार पराजुलीको सुनुवाई हुने भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले स्वेच्छिक अवकाश पाएपछि वरिष्ठताका आधारमा सर्वोच्च अदालतका न्यायाधीश पराजुलीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । खपराजुलीले हाल कामयमुकामय प्रधानन्यायाधिशको जिम्मवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *