सार्क राष्ट्रका प्रहरी संगठनको बैंठक नेपालमा हुने

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार ३० । आगामी सेप्टेम्बर महिनामा सार्क राष्ट्रका प्रहरी संगठनहरुको बैठक काठमाडौंमा आयोजना हुने भएको छ ।
सार्क राष्ट्रका प्रहरी संगठनहरुबीच सहयोग र समझदारी अझ मजबुत गर्न बैठक आयोजना हुन लागेको गृह मन्त्रालले जानकारी गराएको छ । यस विषयमा श्रीलंकाको बैठकमा सहभागी हुन पुगेका गृहमन्त्री जनार्दन शर्मा, गृहसचिव लोकदर्शन रेग्मी र गृहप्रवक्ता काफ्ले कोलम्बो गएका थिए । उनीहरु आज मध्याह्न काठमाडौं फर्किएका छन् ।
यसअघि गत माघ महिनामा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को एसिया प्रशान्त क्षेत्रीय सम्मेलन भइसकेको छ । सार्र्क प्रहरी सम्मेलन कहाँ गर्ने भन्ने विषयमा श्रीलंकामा हालै सम्पन्न सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय आठौं बैठकले नेपालमा गर्ने निर्णय गरेको हो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित