काठमाडौं महानगरको नीति तथा कार्ययोजना : उजुरी सुन्न मोबाइल एप प्रयोग
“
काठमाडौ,असार ३० । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्ष २०७४ र ७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छन् । उनले पेश गरेको नीति तथा कार्यक्रममा कार पार्किङदेखि ई–ट्वाइलेट बनाउने सम्मका योजना समाबेश गरिएका छन् ।
यसअघि देखि नै मेयर शाक्यले पार्किङको समस्याको समाधान तत्काल गर्न आफूहरु लागिपरेको बताएका थिए । अब महानगरपालिकाभित्र स्मार्ट पार्किङ सिस्टम जोड्ने र भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङको व्यवस्थापन गरिने योजना नीति तथा कार्यक्रममा समावेश भएका छन् ।
देशकै ठूला महानगरपालिकामा पार्किङ अभावका कारण विभिन्न समस्याहरु उत्पन्न भइरहेका छन् भने यसले ठूलो ट्राफिक समस्या निम्त्याएको छ । यसका लागि खुलामञ्च र लैनचौरमा अण्डरग्राउण्ड पार्किङ गर्नका लागि अध्ययन भइरहेको छ । महानगरपालिकाले ५० वटा स्मार्ट र ५० वटा ई–ट्वाइलेट महानगरभित्र निर्माण गर्ने बताइएको छ । आगामी वर्षभित्र पब्लिक ट्वाइलेटलाई स्मार्ट र इलेक्ट्रोनिक्स प्रविधिको बनाउने योजना पनि महानगरको छ । त्यस्तै महानगरले नीति तथा कार्यक्रममा सेवाग्राहीको उजुरी सुन्न मोबाइल एप प्रयोगमा ल्याउने पनि आजको नीति तथा योजना कार्यक्रममा पेश भएको ।
यससँगै आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मानोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको प्रयोगको सम्भाब्यताको पनि अध्ययन गरिने भएको छ । बौद्धदेखि कालीमाटीसम्म सिटी केबलबार चलाउन सकिन्छ भन्नेबारे पनि अध्ययन कार्य भइरहेको छ । बुढानिलकण्ठदेखि गोदावरीसम्म मोनो रेल चलाउनेबारे पनि सम्भाब्यता अध्ययन गर्ने योजना बुुनिएको छ ।
काठमाडौं महानगरमा साकइकल सञ्जाल विस्तार गरिने भएको छ । पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने भएको छ ।
“