महान्याधिवक्ता रमण श्रेष्ठको राजाइँ, देउवाले अहिल्यै गइहाल भन्न सकेनन्

काठमाडौं, असार ३० । सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पद राजीनामा दिएको डेढ महिना पुगिसकेको छ । तर, उनले सर्वाेच्च अदालतको महान्यायाधिवक्तामा नियुक्ति गरेका रमण श्रेष्ठ खुल्लामखुल्ला गफ छाँटेर हिँड्ने मात्रै होइन अरु वकिलहरुलाई पेल्ने गरेपछि कांग्रेस समर्थक वकिलहरुले पीडा मात्रै सुनाउन थालेका छैनन् । किन यतिन्जेल यहाँ राखिएको  भन्ने प्रश्न गर्दै काग्रेंस निकट अधिवक्ताहरुले रमणको राजिनामा माग गरेका छन् ।

कांग्रेस निकट वकिलहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसियसनले प्रचण्डले प्रधानमन्त्री पदबाट हटेको महिनौ बितिसक्दा पनि महान्यायाधिवक्ताको राजिनामा नआएको बारेमा किन ढिलाई गरियो भन्दै उनीहरुले प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएका हुन् । अब, यसबारे प्रधानमन्त्री कर्यलयले कस्तो प्रतिक्रिया दिन्छ हेरौँ । नत्र। चाँडै नै बैठक बसेर औपचारिक रुपमा राजिनामा माग्ने तयारी भइरहेको छ । कांग्रेसनिकट एकजना वकिलले भने ।

प्रधानमन्त्रीको बर्हिगमनसँगै नियुक्ति भएका महान्यायाधिवक्ताले राजिनामा दिने प्रचलन रहेको भएपनि श्रेष्ठले अहिलेसम्म राजिनामा दिएका छैनन । यस विषमा ति वकिलले श्रेष्ठले पद र नैतिकता बिर्सिएको आरोप समेत लगाए । तर, महान्यायाधिवक्ता रमण श्रेष्ठले आफूले प्रचण्ड र शेरबहादुर दुवैको विश्वास जितेर कामकारबाही गरेको बताएका छन् ।

श्रेष्ठले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रचण्ड र देउवाको विश्वास जितेर काम गरेका थिए । त्यसकारण पनि प्रधानमन्त्री देउवाले तत्काल उनलाई काम गर्न छोड भन्न सकेका छैनन् । तर, कांग्रेस निकटका वकिलहरुले जसरीभएपनि एक दुइ दिनभित्रै श्रेष्ठको राजिनामा चाहिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *