अध्यक्ष कमल थापालाई पदबाट हटाउन सबै लागिपरे

काठमाडौं,असार ३० । हिन्दूवादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी कचिङगलमा फसेको छ । स्थानीय तह निर्वाचनमा दुवै चरणको मतपरिणाम निराशलाग्दो र अध्यक्ष कमले पार्टीलाई आफूअनुकूल चलाउन थालेपछि उनलाई पार्टीबाट गलहत्याउने निष्कर्षमा पुगेको बताइएको छ । दिन दिनै बैंठक सभा आयोजना गरेर अध्यक्ष थापाविरुद्ध सबैले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

सत्तारुढ दलले संविधान संशोधन प्रस्तावमा साथ दिने कि नदिने भन्ने प्रश्नको कुनै जवाफ दिएको छैन । यसअघि संविधान संसोधनका विषयमा साथ दिने बचन दिएको उसले द्विविधा व्यक्त गर्दै आएको छ । त्यस्तै, सरकारमा सहभागि हुने विषयमा चरम द्वन्द्ध सिर्जना भएको छ । अध्यक्ष थापाले आफूनिकटका व्यक्तिहरुलाई मात्र सरकारमा सामेल गराउने प्रपञ्च रच्न थालेपछि उनलाई पदबाट हटाउन दैनिक पूर्व मन्त्री पनि भइसकेका दीपक बोहराको निवासमा कार्यकर्ता भेला हुने गरेका छन् । हिजो बिहीबार पनि यस विषयमाथि लामो समयसम्म बहस भएको राप्रपा एक नेताले बताए । बैठकले पार्टीभित्रको यो द्वन्द्ध समाधान नभए तत्काल अध्यक्ष पदबाट हटाउन कार्यकर्ताले माग गरेका छन् ति नेताले भने,‘अध्यक्ष पशुपति राणाले अध्यक्ष थापालाई देखि सहनु भएको छैन ।’

बिहीबार बसेको बैंठकमा पार्टीका असन्तुष्ट पक्षधरले थापाको नेतृत्वमा पटक पटक सरकारमा गएको आपत्ति जनाउँदै अरुले पनि अवसर पाउँनुपर्ने अडान राखेका थिए । तर अध्यक्ष थापाले आफ्नै नेतृत्वका व्यक्तिहरुलाई सरकारमा पठाउने खेल सुरु गरिरहेको बताइएको छ ।

पूर्व मन्त्रीसमेत भइसकेका बोहरालाइ पटक पटक भेटघाटसँगै फोनवार्तालाप गरेर अध्यक्ष पहुपति शमशेर राणाले थापाविरुद्ध पछि नहट्न सुझाव दिँदै आएका छन् । राणाका पक्षमा विक्रम पाण्डे, सुनिल थापा लगायतका नेताहरु कडा रुपमा उभिएका छन् । उनीहरुले जसरी हुन्छ थापाको शासन हटाउनुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *