मतदाता नामावलीमा नाम लेखाउन आयोगको आग्रह

काठमाडौं, असार ३० । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन सबैसँग आग्रह गरेको छ । आयोगका अनुसार साउन १ गतेदेखि १५ गतेसम्म स्थायी ठेगानामा गएर नाम दर्ता गराउन सकिने छ ।

प्रादेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्न लागिएको हो । नाम लेखाउन आफ्नै जिल्ला जानु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार नाम दर्ता गराउन नागरिकता र बसाई सरेको भए त्यसको पनि प्रमाण लिएर जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा जानु पर्छ । आयोगका अनुसार मतदाता नामावलीमा कुनै त्रुटी भए सच्याउन पनि मिल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *