राजपा तेस्रो चरणको चुनावमा सहभागी हुने नहुने कुरा सरकारले तय गर्ने

काठमाडौं, असार ३०। दुई चरणको स्थानीय चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीले तेस्रो चरणको चुनावमा सहभागी हुने नहुने कुरा सरकारको कदमले तय गर्ने बताएको छ ।

तेस्रो चरणको निर्वाचन असोज २ गते तोकिएको छ । राजपाले केहीदिन अघि निर्वाचन आयोगमा दल दर्ता गरेको थियो । तर दल दर्ता गराउँदैमा चुनावमा जानै पर्छ भन्ने नभएको राजपा अध्यक्ष मण्डलका नेता अनिल झाले बताए ।

झाले सरकारले संविधान संसोधन नगरे चुनावमा भाग नलिने झाले बताए । उनका अनुसार राजपाले सरकारको कदम हरेर थप निर्णय गर्नेछ । यसैबीच, निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन भएर माघ ७ गतेभित्र प्रादेशिक र संघिय तहको निर्वाचन सम्पन्न गर्ने सम्भावना टर्दै गएको संविधानका जानकारहरुले बताएका छन् ।

दलहरुले हालकै २ सय ४० निर्वाचन क्षेत्र राख्ने तयारी गरिरहँदा संविधानको मर्म र भावना विपरित हुने संविधानविद्हरुको तर्क छ । संविधानकाज्ञाता भिमार्जुन आचार्यले सीआईएनसँग कुरा गर्दै अब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएर तोकिएको समयमा बाँकी तहका निर्वाचन गर्न सम्भव नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *