अख्तियारले राजस्व विभागका निलम्बित महानिर्देशक विरुद्ध आज भ्रष्टाचारको मुद्दा दायर गर्दै
“
काठमाडौं, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध आज भ्रष्टाचारको मुद्दा दायर गर्दैछ ।
करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा आज मुद्दा दर्ता गर्न लागिएको हो । सर्वोच्च अदालतले शर्मालाई आजै उपस्थित गराउन समय दिएको छ । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित अख्तियारले शर्मासहित तीन जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो ।
शर्माका पत्नी कल्पना उप्रेतीले दुव्र्यवहारको आरोपसहित दर्ता गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले शर्मालाई उपस्थित गराउन अख्तियारलाई आदेश दिएको थियो । हिजो मुद्दा दर्ता गर्न अख्तियार टोली विशेष अदालत गएपनि फाइल रुजु गर्न समय अभाव भएपछि आज गर्न लागिएको हो । शर्मासँगै आयोगका तत्कालीन संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत र अर्का सदस्य चार्टर्ड एकाउन्टेन्ट उमेश ढकालमाथि भ्रष्टाचार अभियोग छ ।
झन्डै ३० अर्ब ५२ करोड रुपैयाँ बराबर मिनाहा दिइएको, जसका कारण मुलुकलाई गम्भीर क्षति पुगेको भन्दै किटानीसहित अख्तियारमा उजुरी परेको थियो ।
“