कांग्रेस नेता तथा पूर्वमन्त्री रामहरी जोशीको निधन

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका अग्रज नेता तथा पूर्वमन्त्री रामहरी जोशीको निधन भएको छ । निमोनियाका कारण अस्पताल भर्ना भएका जोशीको उपचारको क्रममा निधन भएको हो ।

गान्धीवादी नेताको रुपमा चिनिने जोशीले ९२ बर्षको उमेरमा संसार त्यागेका छन् । असार ७ गते लडेर बेहोस भएका जोशीलाई सुरुमा अल्का अस्पताल भर्ना गरिएपनि २१ गते ग्राण्डी अस्पताल सारिएको थियो ।  उपचारकै क्रममा जोशीको ग्राण्डी अस्पतालमै विहिबार बेलुका साढे सात बजे निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *