मुख्यसचिव क्षेत्रीद्धारा पदबहाली, मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन

काठमाडौं, असार २९ । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले बिहीबार पदबहाली गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार उनले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो ।

वि।सं। २०१६ कात्तिक ८ गते काठमाडौंको लैनचौरमा जन्मिएका क्षत्रीले वि।सं। २०४१ पुस १९ गते शाखा अधिकृत पदमा निजामती सेवामा प्रवेश गरेका थिए । उनको मुख्यसचिवको अवधि कात्तिक ८ गतेसम्म रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *