भारतमा कार्यरत लाखौं नेपाली कामदारकाे अवस्था जटील बन्दै
“
धनगढी, असार २९ । नेपाल सरकारको कुनै प्रगतिसिल कानूनले नछोएको भारतमा कार्यरत लाखौं नेपाली कामदारका समस्या समाधान हुनु को सट्टा झनै जटील बन्दै गएका छन् । भारतमा कार्यरत नेपाली कामदारहरुको समस्या सरकारी तहबाट संवोधन गर्नुपर्नेमा बैदेशीक रोजगार ऐनले पनि भारतमा कार्यरत कामदारलाई सुरक्छया नदिए पछी झनै कठीन समस्या देखीएको छ।
सरकारले वैदेशिक रोजगारमा जाने कामदारका बारे छलफल, नीति, निमय गरेपनि भारतमा कार्यरत कामदारहरुका बारेमा छलफल समेत गरेको छैन । भारतमा कार्यरत कामदारहरुलाई पनि निती, नियममा को घेरा भित्रराख्न सके विभीन्न प्रक्रिया पुगाएर मात्रै भारत जाने व्यवस्था हुनथयो जस्ले कामदारहरुको अवस्था विस्तारै समाधानहुदै जाने थियो ।
सुदुरपश्चिमेलीहरुको कामका लागी विदेशीने पहिलो गन्तव्य भारत हो तर सरकारले अहिले सम्म भारतमा कार्यरतहरुको तथ्याङक समेत राख्ने गरेको छैन् । जस्ले गर्दा भारतमा अहिले कति कामदार कार्यरत छन् ? कति बेपत्ता भए ? कतिले ज्यान गुमाए र कति बेचविखनमा परे भन्ने वीषय को कसैसंगै लेखाजोखा छैन् ।
बैदेशिक रोजगार ऐन, नीतिमा भारत जाने कामदार नपरेछि भारतमा कार्यरत कामदारहरुले आफुलाई दोश्रो दर्जामा राख्नुपर्ने अवस्था रहेको समेत बताएका छन् । अप्रवासनको क्षेत्रमा लामो समय देखी कार्यरत सस्था निड्स नेपालका परियोजना अधिकृत प्रकाश चन्द्र मडैले नेपालीहरुको मुख्य गन्तव्य भारत भएपनि भारतमा कार्यरत नेपाली कामदारहरु कष्टकर जिवन बिताउन बाध्य भएको बताउनुभयो ।
कामका लागी भारत गएका नेपालीहरुमा झण्डै ३० प्रतिशत सुदुरपश्चिमेली छन् । कुनै पनि नियमले नछोएपछि सिधै सुदुरपश्चिमबाट कामका लागी भारत गएका कामदार दुःख पाउने गरेको, लुटपाटमा पर्ने गरेको, नेपाली परिचयपत्रले काम नगर्दा भारतीय बैंकमा खाता खोल्न र मनी ट्रान्सफर गर्न समस्या भएको, नेपाली बैंक र रेमिट्यान्स कंपनीले भारतमा शाखा वा संपर्क कार्यालय खोल्न नपाएको, भारतमा र भारतीय बाटो हुँदै वैदेशिक रोजगारीको नाममा बेचविखन बढेको लगायतका समस्यामा हरु वढेका छन ।
जस्ले गर्दा भारतमा गएर तल्लो स्तरको काम गर्न बाध्य सुदुरपश्चिमेलीहरुको मानव अधिकारको अवस्था पनि दयनिय रहेको छ । राष्ट्रीय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनगढीका प्रमुख दिपकजंकार्यरतहरुलाई पनि नियम कानुनमा ल्याउन सकिए उनिहरुको मानव अधिकारको अवस्था पनि सुधार हुने समेते बताउनुभयो ।
“