बालीका बलात्कार गर्न खोजेको आरोपमा दैलेखमा एकजना पक्राउ

दैलेख , असार २९ । बालिका बलात्कार गर्न खोजेको आरोपमा दैलेखको ठाटीकाधमा एकजना पक्राउ परेका छन । ठाँटीकाँध गाउँपालिका–५ पाँचलाबाका ४२ वर्षीय देउरामे रोकाय १० वर्षीया बालिका बलात्कार प्रयत्न गरेको आरोप पक्राउ परेका हुन ।

हिजो दिउँसो ठाँटीकाँध बजार स्थित आफन्तको घरमा आरोपितले बलात्कारको प्रयत्न गरेको प्रहरीले जनाएको छ । जोरजुलुमले बलात्कारको प्रयत्न गर्दा बालिकाले चिच्याएपछि घटनास्थल आएका नजिकका छिमेकीहरुले आरोपित देउरामे रोकायलाई ठाँटीकाँध प्रहरीमा बुझाएका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत राखिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण समेत जिल्ला अस्पतालमा गराईएको छ । घटनाको अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक एकीन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *