सेवा सुविधाको प्रभावकारीता विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बाँके, असार २९ । नेपालगञ्ज उपमहानगरपालिकाले दिने सेवा सुविधाको प्रभावकारीता विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा बासको सहजीकरणमा आज सार्वजनिक सुनुवाइ आयोजना गरीएको हो । सार्वजनिक सुनुवाइमा नेपालगञ्ज उपमहानगरपालिकाले यस आर्थिक वर्षमा सेवाग्राही नगरबासीलाइ कार्यसम्पादन तथा अव  नगरपालिकाले गर्ने योजनाका विषयमा रहेर स्थानियहरले जनप्रतिनिधिलाइ प्रशन राखेका थिए ।
नगरका विभिन्न क्षेत्र डुवान मुक्त गर्नका लागि एथाशिग्र पहल गने गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, सडक खाल्डाखुल्डी पुर्नुपर्ने, चोकचोकमा सार्वजनिक सौचालय निर्मार्ण गर्नुपर्ने, सडक पेटि अतिक्रम रोक्न  पहल गर्नुपर्ने , छाडा पशु चौपाय नियन्त्रत्रण गर्नुपर्ने जस्ता विषयमा स्थानियहरुले गुनाशो  राखेका थिए ।
स्थानियले राखेका जनगुनाशालाइ सम्बोधन गदै नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शमशेर राणाले आफ्नो पहिलो पहल नै तत्कालिन समस्याको समाधान गर्ने भएकोले विभिन्न व्यक्तिले राखेका समस्याको हल गर्ने बताउनुभयो । त्यस्तै उपमेयर उमा थापा मगरले पनि सहभागिको उत्तर दिदै आफुहरु समस्याहरलाइ देखीरहेकाले यसको समाधान गर्ने बताउनुभयो ।
कार्यक्रमा २३ वटै ओटा अध्यक्षहरु, नेपालगञ्ज उपमहानगर पालिकाका कार्यकारी अधिकृत भिम बहादुर कुवार लागायतले पनि सहभागिका उत्तर दिनुभएको थियो । कार्यक्रम बासका निर्देशक नमस्कार शाहले सहजिकरण गर्नुभएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *