हत्याको विरोधमा कोहलपुरमा आज विरोध प्रर्दशन

बाँके, असार २९ ।  हत्याको विरोधमा कोहलपुरमा आज विरोध प्रर्दशन गरिएको छ । गत २६ गते राती आफ्नै जिवन संगीनीको गला रेटि हत्या गर्ने कोहलपुर नगरपालिका वडा नम्बर ४ बेलनपुरका २९ वर्षिय मोहमद अस्ताव बेडुवालाइ कडा कारबाहिको माग गर्दै बेलनपुरबासीले विरोध प्रर्दशन गरेका हुन् ।
मदनचोकबाट नारा सहित विरोध प्रर्दशन गर्दै इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगी दोषी उपर कडा कारबाहिको माग गरेका हुन् । उनीहरुले महिलालाइ अझै पनि पशुवत व्यवहार गर्ने उपर कडा भन्दा कडा कारबाहिको माग गरेका हुन् ।
गत २६ गते राती बेडुवाले आफ्नै २७ वर्षिय श्रीमती मन्सुर बेडुवाको गला रेटि टाउको छुट्टाई हत्या गरी  इलाका प्रहरी कार्यालय बाँकेमा आत्म समर्पण गरेका थिए ।  श्रीमतीको हत्या गर्ने उपर कडा कारबाहिको माग गर्दै बेलपुरका स्थानियल विरोध प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *