साल्ट ट्रेडिङले २० प्रतिशत बोनस र ५ प्रतिशत लामांश दिने

काठमाडौं, असार २९  । मुनाफामा रहेको साल्ट टे«डिङ कर्पोरेशनले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने भएको छ ।  कर्पोरेशनको बिहीबार बसेको ५० औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरेको हो । बोनस सेयरको करकट्टी नगद लाभांशबाट कट्टी गरी भुक्तानी दिने व्यवस्था पनि गरिएको छ । साधारण सभामा बोल्दै कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आफना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पारित गरिएको जानकारी दिइन् ।

कर्पोरेशनले चालु आर्थिक वर्षको जेठसम्म ६१ करोड २४ लाख मुनाफा आर्जन गरेको छ । सरकारी स्वामित्वमा रहेको कर्पोरेशनले आम उपभोक्ताको हितलाई ध्यानमा राखेर दैनिक उपभोग्य बस्तुहरु नुन, चिनी, चामल, दाल, ग्यास लगायतका खाद्यान्न र मल विक्री वितरण गर्दै आएको छ । कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस वर्ष जेठ मसान्तसम्म ७ अरव ५६ करोड ४८ लाख बराबरको कारोबार भएको पनि स्पष्ट पारिन् ।

कर्पोरेशनले अव पेट्रोल पम्प संचालन गर्ने तयारी पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पेट्रोल पम्प संचालनका लागि नेपाल आयल निगमसँग सम्झौता भईसकेको जानकारी पनि दिइन् । कर्पोरेशनले दशैं, तिहार जस्ता चाड पर्वमा अभाव नहुने गरी नुन, चिनीजस्ता दैनिक उपभोग्य बस्तुहरु भण्डारण गरिएको पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *