शेयर बजार पाँच अङ्कले ओरालो

काठमाडौँ, २९ असार । विगत केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार आज भने ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार करिब पाँच अङ्कले ओरालो लागेर एक हजार ५८२ बिन्दुमा आइपुगेको हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ०।८८ बिन्दुले घटेको छ ।

कुल १५० कम्पनीको २० लाख ४० हजार ७२८ कित्ता शेयर रु ७४ करोड ६४ लाख ७७ हजार एक मूल्यमा कारोबार भएको हो । स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ ।

अन्य समूह ११।८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४।७३, होटल ३४।३२, विकास बैंक ५।९७, जलविद्युत् ६।४२, फाइनान्स ७।०१, बिमा ५३।६७ र उत्पादन समूह ३४।४१ बिन्दुले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *