संसद बैंठक : सांसदले के के गर्न पाउँछन् ?

काठमाडौं,असार २९।  ब्यवस्थापिका संसदको बैठक आज ४ बजेदेखि बस्दैछ ।  बैठकमा कर्मचारी समायोजन विधेयक संशोधनमाथि पनि छलफल गरिनेछ ।

त्यस्तै,आज सांसदले के के गर्न पाउँछन् :
हिजो संसदमा दर्ता भएको विधेयकका प्रावधानमाथि सांसदहरुले आजदेखि संसोधन गर्न पाउने छन् । विधेयक विभेदकारी भएको भन्दै कर्मचारी युनियनका प्रतिनिधिले आवाज उठाइरहेका छन् । यसबारेमा पनि छलफल हुनेछ ।
 असार २५ गते संसद्मा पेस भएको विधेयकमा अब सांसदले संशोधन दर्ताको समय पाउनेछन् ।
 संशोधन दर्ताका लागि संसद् सचिवालयले सूचना प्रकाशन गरेको ७२ घण्टाको समय सांसदले पाउनेछन् ।
 संशोधन दर्तापछि विधेयकमा दर्ता भएको संशोधनको सूचना सहितको विधेयक संसद्मा नै पेस हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *