मुख्य सचिवमा राजेन्द्र,अरु सबै तीनछक्क

काठमाडौं,असार २९ । अचानक सरकारले बिहीबार मुख्य सचिव नियुक्ति गरेसँगै अरु सचिवहरु एकोहोरिएका छन् । सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेसँगै मुख्य सचिव बन्ने दौडमा रहेकाहरु फुस्सै भएका छन् ।

मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी) तिर प्रस्थान गर्नुपूर्व नै सो पद कस्लाई दिन्ने टुङगो लागेको थिएन । तर, आज बिहीबार बसेको मन्त्रिपरिषदको बैंठकले मुख्य सचिव राजेन्द्र किशोरलाई बनाएको छ । रिक्त मुख्य सचिव पदका लागि थुपै्र सचिवहरुको दाबेदारी रहेका थिए । मुख्य सचिव पदका लागि धनबहादुर तामाङ ,शान्तबहादुर श्रेष्ठहरुको दाबेदारी भएपनि उनीहरुले सो पद पाउँन सकेनन् ।

उनी कानुन सेवाबाट प्रशासन सेवामा आएर सचिव बनेका उनी उर्जा सचिव हुँदा विवादमा तानिएका थिए । उनी त्यस पछाडि उपराष्टति कार्यलयमा सचिवको रुपमा काम गरको थिए । उनलाई त्यहाँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएको थियो । उमेर हदका कारण साउन २ मा उनी पनि अवकाश पाँउदै थिए । मुख्य सचिव सोमलाल सुवेदीले अस्ति मंगलवार राजीनामा दिएका भए धनबहादुर तमाङ मुख्य सचिव बन्ने थिए ।
गत मंगलवार मात्र मुख्य सचिव सोमलाल सुवेदीले राजीनामा नदिई एडिबीको जागिर खान मोनीला तर्फ उडेपछि रिक्त उक्त स्थानमा राजेन्द्र किशोर क्षत्रीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *