पूर्व मिस नेपाल माल्भिका यूके जाँदै,सम्पर्क गर्न यो नम्बर डायल गर्नुस्

काठमाडौं,असार २९ । पूर्व मिस नेपाल माल्भिका सुब्बा कोरियाग्रागफीका लागि २५ अगष्ट शुक्रबार का दिन लन्डन प्रस्थान गर्ने भएकी छिन् ।

आगामी सेप्टेम्बर १० आइतबार सांझ एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा हुन लागेको छैठौं मिस यूके नेपाल २०१७ का प्रतिष्पर्धीहरुलाई कोरियोग्राफी गराउँन उनी यूके जान लागेकी हुन् । उनले मिस यूके नेपालका सुन्दरीहरुलाई कोरियोग्राफीसँगै प्रशिक्षण पनि दिने भएकी छिन् ।
आगामी शनिबार जुलाई १५ मा फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा मिस यूके नेपाल २०१७ को अडिसन हुँदैछ । न्युनतम ५ फिट २ इन्च उचाई , १६ देखि २४ वर्षसम्मको उमेर, कम्तीमा २ वर्षका लागि बेलायतको आवासीय अधिकार (भिसा) लगायतका शर्त पूरा गर्नेले मात्र आवेदन दिन पाउनेछन् ।

प्रतियोगिताको बिजेताले ८ सय पाउन्ड , फर्स्ट रनर अपले ५ सय पाउन्ड तथा सेकेण्ड रनर अपले ३ सय पाउण्डको नगद पुरस्कार पाउनेछन् । त्यसबाहेक बिजेताहरुलाई मिडिया तथा मोडलिङका क्षेत्रमा समेत अवसर दिइनेछ ।

इच्छुक प्रतियोगीहरुले मिस यूके नेपालकी संयोजक शान्ति गुरुङलाई 07578365566 मा सम्पर्क गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *