यस्ता छन् गर्भावस्थामा बान्ता हुनबाट बच्ने उपायहरुः

आमा बन्नु भनेको आफैँमा खुशीको कुरा हो । तर आमा बन्नका लागि कुनै पनि महिलाले गर्भावस्थाका विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । गर्भावस्थाको क्रममा २–३ महिनासम्म धेरै गर्भवति महिलालाई बान्ता हुने समस्याले सताउने गर्दछ । तर यसको अहिलेसम्म सहि कारण पत्ता नलागेतापनि केही हदसम्म कम गर्न भने सकिन्छ ।

गर्भावस्थामा शारिरिक र मानसिक रुपमा थुप्रै प्रकारको संवेदनात्मक र भावनात्मक परिवर्तन हुने गर्दछ । यसका साथै शरिर भित्र हर्मोन पनि तेज रुपमा बढ्ने गर्दछ जसले शरिरको अंगमा तनाव पैदा गर्दछ र बान्ता हुन थाल्दछ । गर्भावस्थामा विशेषतः बान्ता बिहान हुने गर्दछ र जति दिन बढ्दै जान्छ त्यति नै बान्ता हुने सम्भावना पनि न्यून हुँदै जान्छ । हुन त डाक्टरहरुले यसलाई राम्रो संकेत मान्छन् ।

गर्भावस्थामा बान्ता भएमा बच्चाको राम्रो विकास भएको डाक्टरहरुको बुझाई छ । तर अत्यधिक रुपमा बान्ता भइरहेमा भने चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।

यस्ता छन् गर्भावस्थामा हुने बान्ता कम गर्ने घरेलु उपाय

१. थोरै थोरै गरेर पानी पिउनुहोस्

गर्भावस्थामा हुने बान्तालाई कन्ट्रोल गर्ने सबैभन्दा राम्रो उपाय पानी हो । हरेक घण्टामा एक गिलास पानी पिउनुहोस् । यसले तपाईंको शरिरमा पानीको कमी हुनबाट बचाउँछ जुन गर्भवती महिलाको लागि अत्यन्त जरुरी हुने गर्दछ । सुत्नुभन्दा अगाडि आफ्नो बेडको साइडमा एक ग्लास पानी राख्नुहोस् र पानी पिउन मनलागेको जस्तो हुनासाथ पिउनुहोस् । बिहान उठ्ने बित्तिकै पनि पानी पिउनुहोस्, यसले तपाईंलाई बान्ता हुनबाट रोक्छ ।

२. अदुवा

गर्भावस्थाको बान्तालाई रोक्न अदुवा पनि प्रभावकारी घरेलु उपाय हो । खानामा अदुवाको प्रयोग गर्नाले यसले पाचन प्रणालीलाई ठिक गर्ने गर्दछ र पेटमा भएको अम्लीय पदार्थलाई शान्त गर्ने गर्दछ । यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंलाई बान्ता हुने गर्दछ भने, बान्ता आउला जस्तो हुनेबित्तिकै अदुवा सुँध्नुहोस् । यसको बास्नाले उल्टी हुनबाट बचाउँछ ।

३. कागती

कागती आफ्नो गुणकारी प्रभावको लागि मानिसहरु बिच चिरपरिचित छ र यसले गर्भवती महिलाहरुलाई पनि निकै फाइदा पुर्याएको हुन्छ विशेषगरि बान्ता हुने समस्याको लागि । बान्ता हुनबाट बच्नका लागि गर्भवती महिलाले हरेक दिन बिहाज एक ग्लास पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाएर खाने गर्नुपर्दछ । यसका साथै कागतीमा पाइने ‘भिटामिन सी’ले गर्भवती महिला र उनको बच्चालाई निकै फाइदा पुर्याउने गर्दछ ।

४. बढाउनुहोस् भिटामिन बी–सिक्सका सेवन

भिटामिन बी–सीक्स गर्भवती महिलाहरुका लागि निकै लाभदायक मानिन्छ । यसको प्रयोगले गर्भावस्थामा हुने बान्ताबाट छुटकारा पाउन सकिन्छ । भिटामिन बी–सीक्स थुप्रै फल र खानेकुराहरुमा पाइने गरिन्छ जस्तै अबोकेडो, केरा, माछा, बदाम आदि । यसका साथै तपाईंले केहि सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ जुन तपाईं २५ मिलिग्राम एक दिनमा तीन पटक प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले स्त्री रोग विशेषज्ञको पनि सल्लाह लिन सक्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *