धरानमा हतियार सहित एक युवा प्रक्राउ

धरान, चैत १८ । धरानको बीच सडकमा एक युवकलाई हतियार सहित प्रक्राउ गरिएको छ ।

धरान १२ छाताचौकबाट को १६ प ४२५२ नम्बरको मोटरसाइकलमा भानुचौकतर्फ जादै गरेका धरान ११ का विदुर सुनुवारलाई नाइफ चक्कु र गाजासहित प्रक्राउ गरिएको हो ।

रेल्वेबाट आउदै गरेका उनले छाताचौकमा आएर एक एम्बुलेन्सलाई ठक्कर दिन लागेपछि छाताचौकमा खटिएका प्रहरीले सनुवारलाई प्रक्राउ गरेको हो ।

छाताचौकमा नेपाल चीन मैत्री संघले आयोजना गरेको कार्यक्रममा चिनिया राजदुत यु हो को सुरक्षामा खटिएका प्रहरीले शंका गरी उनलाई चेकजाँच गर्ने क्रममा गाजा र चक्कु फेला परेको हो ।

प्रक्राउ गरिएका सुनुवार र उनको मोटरसाइकल प्रहरीले नियन्त्रमा लिएको छ । यस सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *