डिपिएलमा अत्तरिया विजयी, रुपन्देहीले गुमायो ९ विकेट

धनगढी, चैत १८ । डीपीएल–२ अन्तर्गतको दोस्रो दिनको खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ । सीवाईसी अत्तरियाले ६२ रनको लक्ष्य ७.३ ओभरमा ६५ रन बनाउँदै पुरा गर्‍यो ।

अत्तरियाबाट कप्तान सुवास खकुरेल १९ रन बनाइ आउट भए भने गौरव चित्तकारा ३० र प्रेम तामाङ १४ रनमा नट आउट रहे ।

यसअघि टस जितेर व्याटिङ रोजेको रुपन्देही प्रदेश ७ को संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा १५।२ ओभरमा ६२ रनमा अल आउट भएको थियो ।

रुपन्देहीलाई सस्तैमा समेट्ने क्रममा सीवाईसीका कमलसिंह ऐरीले ४ ओभरमा १५ रन खर्चँदै ४ विकेट लिए भने सुभांकर उराउले २.२ ओभरमा १ मेडन राख्दै ३ विकेट लिए । उनले जम्मा ७ रन मात्रै खर्चिए ।

रुपन्देहीको तर्फबाट सुफियाल मुहम्मदले सर्वाधिक २० रन जोडे उनीबाहेकका खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । प्रदीप ऐरी सागर पुन र सुशन भारी शुन्यमा आउट भए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *