बालिका बलात्कारी दश वर्षपछि पक्राउ
२०७४ जेठ १५ गते

“तेह्रथुम, चैत १७ । बालिका बलात्कार गरी फरार रहेका म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय गोपाल भण्डारी दस वर्षपछि पक्राउ परेका छन् । भण्डारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मोरङको विराटनगरबाट पक्राउ गरेको हो ।
लुकिछिपी विराटनगरमा बस्दै आएको भन्ने सुराकीका आधारमा भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन भुजेलले जानकारी दिए ।
बालिका बलात्कारको आरोपमा भण्डारीलाई जिल्ला अदालत तेह्रथुमले ०७१ सालमा १२ वर्ष कैदको फैसला सुनाएको थियो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








