अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तलीलाई प्रधानमन्त्रीको साथ

काठमाडौं, चैत १७ । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् शुक्रबार साँझ साढे सात बजे प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच झण्डै एक घण्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा धुर्मुस सुन्तलीले कुनैपनि हालतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नुपर्ने र यो सरकारकै अगुवाईमा हुनुपर्ने बताएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार यस कार्यप्रति सकारात्मक भएको बताएका थिए । छलफलका बारेमा नागरिकसँग कुरा गर्दै धुर्मुसले भने, ‘प्रधानमन्त्रीज्यू हामीप्रति सकारात्मक हुनुहुन्छ, छलफलमा उहाँले भन्नुभयो, तपाईहरू यसको तयारीमा जुट्नुहोस् सरकार सकारात्मक छ । भारत भ्रमणपछि फेरि बसौला, तपाईहरू पूर्वतयारीमा लाग्नुहोस।’

प्रधानमन्त्री ओलीको भनाईले आफ्नो हौसला बढेको भन्दै धुर्मुसले भोली(आइतबार) सम्ममा इन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति गठन गर्ने बताए। उनले भने, ‘यो कति सदस्यीय बन्नेछ, यो समितिमा को को हुनेछन् भन्नेबारेमा हामी चाँडै नै जानकारी दिनेछौँ। सकेसम्म यस विषयमा जान्ने, काममा खटिने व्यक्तिलाई यस समितिमा समेट्ने छौँ।’

साथै उनले रंगशाला निर्माणका लागि सम्बन्धित निकाय, मन्त्रालय, र व्यक्तिसँग समन्वयन गरेर अगाडि बढ्ने बताए।

धुर्मुसले बिहीबार फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *