स्टीफन हकिङ्गको आज अन्त्येष्टि हुँदै

काठमाडौं, चैत १७ । स्टीफन हकिङ्गको आज क्याम्ब्रिजमा अन्तिम संस्कार हुने भएको छ । मार्च १४ मा ७६ वर्षको उमेरमा निधन भएका चर्चित भौतिकशास्त्री हकिङ्गको क्याम्ब्रिजको युनिभर्सिटी चर्च ग्रेट सेन्ट मेरीमा स्थानीय समय अनुसार दिउँसो २ बजे अन्तिम संस्कार गरीने बिबिसीले जनाएको छ ।

सैद्धान्तिक भौतिकशास्त्री प्रोफेसर हकिङ्गको अस्तु आउँदो जुनमा वेष्टमिनिस्टरमा रहेको सर आइज्याक न्युटनको चिहान नजिकै गाड्ने तय भएको छ । हकिङ्गका अन्त्येष्टीे आज दिउँसो एक निजी कार्यक्रमका बिच गरिने छ ।

यसका लागि परिवारका सदस्य, साथी तथा सहकर्मीसहित झण्डै पाँच सयजनालाई निम्ता गरिएको छ । तर समारोहमा धेरै मानिस उपस्थित हुने अनुमान छ । वैज्ञानिक हकिङ्गले ब्ल्याक होल र रिलेटिभिटी सम्बन्धी गरेको कामलाई भौतिक विज्ञानमा ब्रेक–थ्रु का रुपमा लिने गरिन्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *