‘फान अवार्ड ०७३’ सम्पन्न,निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान
“
काठमाडौं, चैत १७ । चलचित्र कलाकार संघको दोश्रो ‘फान अवार्ड ०७३’ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा वरिष्ठ फिल्मकर्मी निर शाहलाई लाइफ टाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको अवार्ड समारोहमा सञ्चारकर्मीद्वाय ध्रुव लम्साल र लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता विशेष सम्मानबाट सम्मान गरियो ।
यस्तै नायक प्रदीप खड्का र साम्राज्ञीराज्य लक्ष्मी शाहलाई वर्षको लोकप्रिय नायक तथा नायिकाको अवार्ड दिइयो । फिल्म छक्का पञ्जा ले सर्वाधिक विधामा अवार्ड उचाल्यो । फिल्म सहित नव निर्देशक, संगीतकार, पटकथा, संवाद, नृत्य निर्देशक, खलपात्र, हाँस्य कलाकार, सह अभिनेता गरी ९ विधामा ‘छक्का पञ्जा’ले फान अवार्ड ०७३ उचाल्यो ।
यस्तै उत्कृष्ट निर्देशकमा गाजलु फिल्मबाट हेमराज विसी घोषित भए भने अभिनेताको अवार्ड फिल्म ‘जात्रा’ बाट विपिन कार्कीले उचाले । अभिनेत्रीतर्फ ‘डाइङ क्याण्डल’ बाट सृजना सुब्बाले पाइन् ।
अवार्ड विजेताको पुरा तालिका हेर्नुस् :
उत्कृष्ट कथा : जात्रा
उत्कृष्ट पटकथा : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट फिल्म : छक्का पञ्जा
उत्कृष्ट निर्देशक : हेमराज बिसी, गाजलु
उत्कृष्ट : अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्री : सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट नव निर्देशक : दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायक : आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्री : सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेता : जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट सह अभिनेत्री : बर्षा राउत
उत्कृष्ट चरित्र अभिनेता : सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्री : गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकार : केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्र : दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवाद : दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशक : एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादन : मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकन : रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकार : डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायक : कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिका : मीना निरौला, लुट २
उत्कृष्ट संगीतकार : राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, छक्क पञ्जा
“