‘कसरी हुन्छ यो लोक तार्देउ आमा’

गजल
कसरी हुन्छ यो लोक तार्देउ आमा
छोरानै सब थोक भन्ने छार्देउ आमा
तिमी आफै पनि सुरक्षित छैनौ यहाँ
छोरि पाल छोरो गर्भमै मार्देउ आमा
छोरो बनाउला अनि जिलो थामौला
भन्ने आशा जमिन मुनि गार्देउ आमा
तिम्रो छोरालेनै के केनै गरेर यहाँ बरु
गर्लान छोरिको कोल्टामा पार्देउ आमा
बलत्कारको समाचारले कानै फुटिसक्यो
बिन्ती गरे अब मेरो लागि हार्देउ आमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *