आज शनिवार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, चैत १७ ।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साना तिना काममा समय व्यातित हुदा महत्वपुर्ण कामहरु थाति रहनेछन् । बिवाद,झगडा तथा बावविवादमा सामेल नहुनुहो समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउन सक्छ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउने हुनाले केहि दिनको लागि पछि सार्नु उपयूक्त हुनेछ । पढाई लेखाईमा समय दिएपनि भनेजस्तो नतिजा आउने छैन  ।

शुभ अंक —४

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान तथा छोराछोरी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानि गरि आर्थिक अवस्था सुधार्न सकिने समय रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग —  खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

शुभ अंक — ४

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायबाट सोचेजस्तो आम्दानि नभएपनि लगानि भने घाटा लाग्ने छैन । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला गन्तब्य पहिल्याउन मुस्किल पर्नेछ । माया प्रेममा नजिक हुदा अबिश्वास बढ्ने हुनाले आजको दिन टाडै रहनु उचित हुनेछ । आफन्त तथा दाजुभाई सँग सानो कुरामा विवाद बढ्नेछ भने गैर व्यायिक कामहरु नगर्नुहोला समय तपाईको पक्षमा रहेको छैन । खेलकुद तथा शाहशिलो क्षेत्रमा पनि तपाईको पक्षमा नतिजा नआउन सक्छ ।

शुभ अंक — ४

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयले साथ दिने हुँनाले थोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुँनाले जस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — ५

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)  काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । शुन्दर तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

शुभ अंक — २

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउँदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुँन सक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचे जस्तो आम्दानि नहुँदा दैनिक खर्च जुटाउँन कुस्किल पर्नेछ । समय प्रतिकुल बन्नेछ भने यहि बेलामा आय आम्दानिका बाटाहरु साँघुरा हुँनेछन् । लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

शुभ अंक — ४

शुभ रंग — निलो

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) रुपैया पैसा कमाउँने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ ।

शुभ अंक — ६

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जनताको काम तथा सामाजिक काम गर्दा ध्यान दिनुहोला काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ । कार्यक्षेत्रमा आफ्नै सहयोगिले फसाउँन सक्छन् ध्यान दिनुहोला । तपाईको राम्रा बिचारलाई अरुले गलत तरिकाले ब्याख्या गरि साख गिराउँन खोज्नेछन् । बिद्या तथा प्रतिष्पर्धामा अरुनै हावि हुँनाले आफन्त तथा गुरुवर्गहरु दुखि हुँनेछन् । राज्यसँग नजिक रहेर गरिने कुनै पनि काम गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त गर्न कठिन रहेकोछ ।

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ

शुभ अंक —२

शुभ रंग — खरानि

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

शुभ अंक — ७

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो दुरिको परदेशको यात्रा भएपनि यात्राका क्रममा बिभिन्न समस्याहरु देखा पर्नेछन् । जीवनसाथि एक अर्काबिच अबिश्वास बढ्ने तथा कामहरु प्रभावित हुँने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानि नगर्नुहोला लगानि फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउँनेछ भने पढाई लेखाईमा कमजोरिको महशुष हुँनेछ । माया प्रेममा अबिश्वास गर्नाले दुरि बढ्नेछ  भने बिभिन्न सामानको प्रयोग गर्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय त्यति राम्रो छैन ।

शुभ अंक — ६

शुभ रंग — पहेलो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *