पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

चैत्र १६, काठमाडौं । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।

गत फागुन ४ गते मृगौलामा समस्या (किड्नी अट्याक) आएपछि खड्कालाई नर्भिक अस्पतालमा राखिएकाे थियाे । त्यहाँ कुनै सुधान हुन नसकेपछि उनलार्इ दिल्लीकाे अपाेलाे अस्पताल पुर्यार्इएकाे थियाे ।

खड्काकाे दुई वर्षअघि दिल्लीमा मृगौला ट्रन्सप्लान्ट गरिएको थियो। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *