कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने, आज ७ केन्द्रिय सदस्यले बोल्ने

काठमाडौं, चैत  १६ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा सानेपामा बिहान ११ बजे बस्ने बैठकमा आज पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको चुनावी हारको समिक्षा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

एक सातादेखि जारी बैठकमा अहिलेसम्म ३८ जनाले आफ्नो धारणा राखिसकेका छन् भने, आजको बैठकमा बोल्न ७ जना केन्द्रिय सदस्यले नाम टिपाएका छन् । नेताहरुले बोल्नेक्रम सकिएपछि जिल्लागत विवरणहरुमा छलफल हुने कांग्रेस सचिवालयले जनाएको छ ।

बोल्न बाँकी रहेका सदस्यको संख्या धेरै रहेकाले निर्वाचन समिक्षा र विधान संशोधन गर्न बोलाईएको कंग्रेस केन्द्रीय कार्यसमिति बैठक लम्बिने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *