चनौली तताए कलाकारले

चनौली(चितवन), चैत १५ । भरतपुर १८ चनौली बजारमा हाटबजारको शुभारम्भ कार्यक्रममा राष्ट्रिय कलाकारहरुले चनौली बजार तताएका छन् । रक गायिका सरस्वती तामाङ, सुर्यमान शंकर (इकु) मोडर्न डान्सर रिया श्रेष्ठ र गायिका रेश्मा पुनमगरले सांगीतिक प्रस्तुति दिएर चनौली बजार तताएका हुन् ।

भरतपुर महानगरपलिका वडा नं १८ र चनौली बजार व्यवस्थापन समितिद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उपस्थित दर्शक राष्ट्रिय कलाकारसँग झुमेका थिए । प्रत्येक महिनाको १५ गतेका दिन लाग्ने हाटबजारको शुभारम्भ भरतपुर महानगरपलिकाकी उपमेयर पार्वती शाहले गरिन् । उनले ग्रामीण क्षेत्रका बासिन्दाहरुको जीवनस्तर सुधार्न नियमित हाटबजार उपयोगी हुने बताइन् ।

किसानहरुले आफ्नो बारीमा लगाएका तरकारीहरु तथा अन्य सामानहरु सुलभ मुल्यमा बिक्री बितरण गर्न स्थानीय हाटबजारहरु सेवामुखी भावना बोकेका हुनुपर्ने बताइन् ।

भरतपुर महानगरपलिका वडा नं. १८ का वडाध्यक्ष दीपक लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपलिका वडा नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल, भरतपुर महानगरपलिका वडा नं. १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ्ग, चनौली बजार ब्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद पौडेल, रेडक्रस चनौली उपशाखाका अध्यक्ष लक्ष्मीकान्त दवाडी, हाटबजार व्यवस्थापन उपसमितिका अध्यक्ष भीमसेन राउत, भरतपुर महानगरपलिका वडा नं. १८ का वडा सदस्य जीतबहादुर तामाङ्ग, वडा नं. २० का वडा सदस्य मन्दिरा पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *