धुलिखेलको जङगलमा शव फेला

धुलिखेल, चैत १५ । काभ्रेपलाञ्चोकको पिप्लेतइजे भन्ने जङ्गगलमा एक जनाको शव फेला परेको छ । धुलिखेल नगरपालिका–१२ शंखुस्थित जङ्गगलमा शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाकाका अनुसार आज बिहान वडा नं १२ स्थित रहेको सो जङ्गगलमा घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेको र सो ठाउँमा प्रहरीको टोली पुगेर शवलाई परीक्षणका लागि अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा करिब एक हप्ता अगाडिको जस्तो देखिन्छ । “अन्दाजी ६०/६५ वर्षको पुरुषको शवलाई बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।” घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *