विप्लवले वारेन्ट जारी गरेपछि प्रधानमन्त्रीले दिए कडा अभिव्यक्ती

काठमाडौं, चैत १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो स्वार्थका लागि बनाएको सिद्धान्त र अराजक गतिविधि सरकारका लागि स्विकार्य नहुने चेतावनी दिएका छन् ।

जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा बिहिबार राजधानीको जैन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि सह्य नहुने बताए ।

एक दिन अघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीको झापास्थित निवासमा वारेन्ट पत्र टाँसेको थियो । सो गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने ‘कसैले आफ्नो स्वार्थ, अहम् र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य छैन ।’

प्रधानमन्त्री ओलीले शान्ति तर्फको एउटा पाईला अन्र्तगत महाविर जैनको जन्मदिनमा काटमार नगर्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि लैजाने विश्वास दिलाए । समाजलाई भड्काएर, उचालेर, कुबाटोमा धकेल्ने तत्व हावी हुँदै जाँदा समाजमा अशान्ति छाउने भन्दै उनले शान्ति, सद्भाव र मित्रताको सिद्धान्तलाई निरन्तरता दिन पनि आग्रह गरे ।

उनले भने, ‘शान्ति सुरक्षा त सरकारले गर्छ । जब मानिस आफै शान्ति स्थापना गर्न चाहन्छ तब अपराधबाट अलग हुन चाहन्छ आफु जे चाहन्छु अर्काले त्यही चाहन्छ भन्ने सोच्छ, मानिस आफै आत्मानुशासित हुन्छ, तब शान्तिका लागि अतिरिक्त कुनै गर्नु नै पर्दैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनयता नियतबस जातजाति र धर्मका नाममा उत्तेजित पार्ने काम भइरहेको भन्दै सरकारले समयमै यस्ता दुश्प्रयासलाई रोक्नुपर्ने बताए । उनले सनातन मुल्य मान्यताको परिधिभित्र रहेर सहअस्तित्वको अभियानलाई सबैले आ–आफ्नै स्थानबाट संकल्पका साथ अघि लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *