वडा अध्यक्ष कार्यालयमै मदिराले धुत भएपछि…

झापा, चैत १४ । कार्यालयमै मदिराले धुत बनेर सेवाग्राहीलाई तथानाम गाली गर्ने मेचीनगर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष तिलक न्पौपाने पक्राउ परेका छन् ।

बुधवार जिल्ला समन्वय समितिकी सदस्य गंगा कार्कीसहित पुगेका स्थानीय व्यक्ति तथा वडा सदस्यहरुलाई समेत उनले मातेको सुरमा तथानाम बोलेका थिए । निर्वाचित भएपछि लगातार रुपमा रक्सी खाँदै आएका न्यौपानेलाई यस अघि पार्टीले धेरै पटक सम्झाउँदै आएको थियो ।

रक्सी खाएर कार्यालय गएका न्यौपानेले कार्यालय समयमा मदिरा खाएर तथानाम बोलेपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए । कार्यालय समयमा रक्सी खाएर जाने गरेका न्यौपानेको गतिविधिले कार्यालयका कर्मचारी समेत हैरान भएका छन् । उनीहरुले बारम्बार सम्झाउँदा पनि नटेरेको कर्मचारीहरु बताउँछन् ।

उनी दैनिकी जसो रक्सी खाएर कार्यालय जाने गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टंकप्रसाद भट्टराईको नेतृत्वमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । प्रहरी पुगेपछि उनले आफुलाई जनताले निर्वाचित गरेर जिम्मेवारी लिएकाले पक्रनु पर्ने कुनै कारण नभएको बताएका थिए ।

प्रहरीले उनलाई निकै समय लगाएर पक्राउ गरेको थियो । उनको यो गतिविधिले स्थानीय जतना समेत आजित भएका छन् । बिहानदेखि रक्सी खाएर बस्ने न्यौपानेले वडा सदस्यहरुप्रति पनि दैनिक जसो तथानाम बोल्ने गरेका थिए ।

गत असार १४ गते भएको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचत भएका न्यौपाने पहिलेदेखि नै रक्सी खाने गरेका थिए । उनी बाहुनडाँगी गाविसको पूर्व उपाध्यक्ष समेत हुन् । त्यस समयमा पनि मादक पदार्थ खाएर गाउँमा सास्ती दिँदै आएका थिए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *